दफा १२
परिषद्को विशेष अधिकार
(१) दफा ११ बमोजिम स्वीकृति दिइएका स्वास्थ्य सम्बन्धी अनुसन्धान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई परिषद्ले आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) कुनै व्यक्ति वा संस्थाले दफा ११ बमोजिम स्वीकृति नलिई अनुसन्धान कार्य गरेमा वा स्वीकृति लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्को निर्देशन पालना नगरेमा त्यस्ता व्यक्ति वा संस्थालाई परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकी त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम कारबाही गर्दा परिषद्ले सम्बन्धित व्यक्ति वा संस्थालाई सफाइको उचित मौका दिनु पर्नेछ ।